सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकियो
फाल्गुन १३, २०७८
काठमाडौं : बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो ।
सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले आगामी फागुन १५ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो ।
यसअघि बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको थियो ।