राष्ट्र बैंकले घटायो आन्तरिक रेमिट्यान्सको सीमा
फाल्गुन १८, २०७८
काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटाएको जानकारी दिएको हो ।
अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र पठाउन सकिने व्यवस्था गरेको हो । यसअघि नेपालभर एक जना व्यक्तिले एक लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको थियो ।