फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १५०
फाल्गुन १९, २०७८
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य पुनः बढाएको छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ । पेट्रोल तथा डिजेलको यो अहिलेसम्मकै उच्च मूल्य हो।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।