सहकारीको अवस्था विश्लेषण तथा समिक्षा कार्यशाला गोष्ठी सिन्धुलीमा सम्पन्न

फाल्गुन ११, २०७८ 0 By संयोजन संवाददाता

सिन्धुली : नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको आयोजना तथा कमलामाई नगरपालिकाको सहकार्यमा आधरशिला कार्यक्रम अन्तर्गत सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धि कार्यशाला गोष्ठी सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमालामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रिले सहकारी जनतालाई सेवा दिन खोलीएको होकी आफै सेवा लिन हो ? भन्ने प्रश्न गर्नु हुदै अब सहकारी पनि प्रविधिलाई अपनाएर आगडी बढ्नु पर्ने बताउनु भयो । आगामी दिनहरुमा नगरपालिकाले लगनशिलता र क्रियाशिलताको आधारमा सहकारीलाई अगाडी बढाउनु आबश्यक रहेको प्रमुख खत्रिले बताउनु भयो ।

कमालामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव नवराज कोईराला, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बालकुमारी श्रेष्ठ, कमलामाई नगरपालिकाका सहकारी पमुख ईन्दिरा थापा, सामाजिक विकाश शाखका सत्यदेवि अधिकारी लगायतको उपस्थिती रहेको थियो ।